TodayPati

सिरहामा बिना मास्कको हिड्ने ६४ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार २४ गते ।

सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकैदिन प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरेको हो ।

Sponsored

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको डिएसपी घिमिरेले जानकारी दिए ।

फाइल फोटो

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *