TodayPati

टुटेश्वर जंगलमा फेला परेकी युवतीको प्रेमीबाटै हत्या भएको खुलासा

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर जंगलमा गत असोज २३ गते मृत अवस्थामा फेला परेकी २३ वर्षीया अनु रायको हत्या उनको प्रेमीले गरेको खुलेको छ । हत्या आरोपमा प्रहरीले सर्लाहीको चक्रघाटा गाउँपालिका–९ का मन्दिप कुमार यादवलाई दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको हो ।

महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मन्दिपलाई सोमबार पर्साको वीरगञ्ज महानगरपालिका–४ आदर्शनगरबाट पक्राउ गरिएको हो।

Sponsored

महोत्तरी गाउँपालिका–४ की अनुको शव असोज २३ गते टुटेश्वर जंगलमा फेला परेको थियो । यधपी प्रारम्भिक अवस्थामा पहिचान हुन सकेको थिएन । शवको सनाखत असोज २८ गते मृतकका बुबाले गरेका थिए ।

प्रहरी अनुसन्धानबाट अनु र मन्दिपबीच प्रेम सम्बन्ध रहेको र दुबै जना विवाह गर्ने तयारीमा रहेको खुल्न आएको छ । असोज २२ गते उनीहरू टुटेश्वर मन्दिरमा पुगेका थिए । तर, फर्किने क्रममा विवाहको विषयलाई लिएर विवाद हुँदा मन्दिपले डोरीले अनुको घाँटी कसेर हत्या गरेको स्वीकार गरेका छन् ।

मन्दिपविरुद्ध कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sponsored

सम्बन्धित समाचार

महोत्तरीमा एक युवतीको शव फेला, हत्याको आशंका

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *