TodayPati

सर्लाहीमा भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक बरामद

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । मलंगवा नगरपालिका ८ स्थित जे.एच.०२ बी.एम.२९८१ नम्बरको १६ चक्के ट्रक सोमबार नियन्त्रणमा लिएको हो ।


प्याजको बिलबिजक र प्रज्ञापनपत्र नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको ३५ टन प्याज २८ लाख मूल्य बराबरको छ । ट्रक अन्दाजी ६० लाख बराबर गरी ८८ लाखको सामान रितपूर्वक कारबाहीको लागि चालकसहित राजश्वर अनुसन्धान कार्यालय पथलैया बारा पठाएको डिएसपी श्रेष्ठले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *