TodayPati

विपी राजमार्गको नेपालथोकमा डाइभर्सनको काम सुरु

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

विपी राजमार्ग अन्तर्गत नेपालथोक क्षेत्रमा डाइभर्सनको काम सुरु भएको छ ।

सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर संदेशराज ढुंगेलका अनुसार भोलिसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक सञ्चालनमा आउने छ ।

Sponsored

ढुंगेलले आफ्नो क्षेत्रको सडक मर्मत सकेपछि अन्य क्षेत्रको काममा सडक डिभिजन खाल्टे लाग्ने बताए ।

रेकर्ड ब्रेक वर्षाको कारण सिन्धुलीको खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सन नजिकै भाँसिएको सडकको मर्मत तथा पहिरोले अवरोध हटाएर सडक डिभिजन खाल्टेले आइतबार साँझ सडक खुलाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *