TodayPati

धनुषा, महोत्तरी र सर्लाहीमा बढेन संक्रमित, गणनामा स्वास्थ्य मन्त्रालयको त्रुटि, संक्रमित २४५ मात्र

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ १ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान गरेको ७ जना नयाँ कोरोन संक्रमित थपिएको पुष्टि गलत देखिएको छ । कपिलबस्तु र काठमाडौंका २ जना बाहेक धनुषा, महोत्तरी र सर्लाहीका ५ जना नयाँ संक्रमित थपिएको पुष्टि गलत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको मंगलबार राति नै विज्ञप्ती निकालेर उमेर र जिल्ला मात्र कोड गरी धनुषाका २, महोत्तरीका २ र सर्लाहीका १ गरी पाँचजनाको पुष्टि गरिसकेको छ । बिहीबार मन्त्रालयले मंगलबार नै पुष्टि गरेका कोरोना संक्रमित व्यक्तिहरुको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर खुलाएर पुनः पुष्टि गरेर संख्या बढाएको हो ।

Sponsored

पुरानै संक्रमितहरुको पाँच संख्या पुनः थप्दा नेपालमा कोरोना संक्रतिको संख्या २ सय ५० पुगेको छ । तर हाल नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्र रहेको छ ।

बिहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तीमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उमेर मात्र हेर्दा मन्त्रायले गरेको त्रुटि पुष्टि हुन्छ । यस अनुसार हेर्दा बिहीबार बिहान २ जना कोरोना संक्रमित मात्र थपिएका छन् भने हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्र रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *