TodayPati

धनुषा, महोत्तरी र सर्लाही जिल्लामा पुनः थपिए पाँच कोरोना संक्रमित,संख्या २५० पुग्यो

टुडेपाटी-
जनकपुरधाम, जेठ १ गते ।

नेपालमा बिहीबार बिहानै ७ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा बिहीबार बिहानै ७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहान कपिलबस्तु र काठमाडौंमा २ जना कोरोना संक्रमित थपिएका थिए भने केहिबेर पश्चात पुनः ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sponsored

राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा सङ्क्रमण पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

धनुषा, महोत्तरी र सर्लाहीमा बढेन संक्रमित, गणनामा स्वास्थ्य मन्त्रालयको त्रुटि, संक्रमित २४५ मात्र

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *