TodayPati

मधेश : रोग लागेर मरेको बोका किसानले गाडे, व्यवसायीले खनेर मासु बेचेपछि पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असार २५ गते ।

रोग लागेर मरेपछि गाडेको बोकालाई खनेर मासु बेचेको आरोपमा धनुषाबाट एक मासु विक्रेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ का ३८ वर्षीय अशेश्वर पासवान छन् ।

उनले तीनकौरिया चोकमा मासु पसल संचालन गर्दै आएका छन् । एक स्थानीयको करिब १५ किलोको बोका रोग लागेर मरेपछि शनिबार गाडेका थिए ।
स्थानीयका अनुसार गाडेको बोकालाई तीनचार घण्टापछि पासवानले उखेलेर ल्याई मासु बनाएर बेचेका थिए । मासु किनेर खाएकाहरुले थाहा पाएपछि प्रहरीमा पासवानविरुद्ध उजुरी दिएका थिए ।

Sponsored

उनलाई आइतबार तीनकौरिया प्रहरीचौकीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यायल धनुषा ल्याउन लागिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *