TodayPati

भारतको यस्तो गाउँ, जहाँ पाँचदिन महिलाहरु कपडा लगाउँदैनन्

एजेन्सी-
जनकपुरधाम, असार २५ गते ।

छिमेकी देश भारतमा एउटा यस्तो गाउँ छ, जहाँ महिलाहरु वर्षमा पाँच दिनसम्म निर्वस्त्र बस्छन् । अर्थात पाँच दिन कपडा नलगाउने परम्परा छ ।

भारतको हिमाचल प्रदेशमा पर्ने पिणी गाउँमा यस्तो अनौठो परम्परा रहिआएको छ । उक्त परम्परा अनुसार गाउँका महिलाहरुले हरेक वर्ष साउन महिनामा पाँच दिनसम्म शरीरमा कपडा नलगाइकनै बस्नु पर्दछ ।

Sponsored

यो प्रथाको पालना नगरेमा केही दिनमै कुनै अप्रिय घटना हुने विश्वास गाउँलेहरुमा छ । उक्त पाँच दिनसम्म आफ्नो पतिसँग बोल्दैनन् र सँगै पनि बस्दैनन् ।

साउनका ती पाँच दिनमा महिलाका लागि मात्र नभइ पुरुषका लागि समेत केही नियम
तय भएको छ । जस अनुसार पाँच दिनसम्म पुरुषहरुलाई रक्सी तथा मासुको सेवन बर्जित हुन्छ ।

आखिर साउनमा पाँच दिनसम्म महिला निर्वस्त्र बस्नुपर्ने र पुरुषले समेत रक्सी र मासु खान नहुने परम्परा कसरी चल्यो त सो गाउँमा रु यसका पछाडि एउटा किम्बदन्ती छ ।

Sponsored

किम्बदन्ती अनुसार धेरै पहिलो पिणी गाउँमा राक्षसहरुले आतंक मच्चाएका थिए ।

राक्षसहरुले गाउँका सिँगारपटार गर्ने तथा सुन्दर कपडा लगाउने विवाहित महिलाहरुलाई अपहरण गरेर लैजान्थे ।

राक्षसको आतंक मच्चिरहेको सोही समयमा लाहुआ घोंड नामका एकजना देवता गाउँमा आए र राक्षसको बध गरेर गाउँलाई त्रासमुक्त बनाए अनि महिलाहरुको ज्यान पनि जोगाए ।

त्यसपछि नै उक्त गाउँमा साउन महिनामा महिलाहरु पाँच दिनसम्म निर्वस्त्र बस्ने परम्परा चलेको हो ।

यद्यपि पछिल्लो समयमा आधुनिकतासँगै गाउँमा यो परम्पराको पालनामा केही कमी आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *