TodayPati

मेयरको अनैतिक कार्यमा नसघाउँदा योजना बनाएर मार्ने प्रयास भयो : उपमेयर रेणु महतो

टुडेपाटी–
जनकपुरधाम, जेठ १७ गते ।

महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छिन् ।

उनले नगर प्रमुखको अनैतिक तथा कानून विपरित काममा नसघाउँदा योजना बनाएर आफुलाई ज्यान मार्ने प्रयास भएको बताएकी छिन् । उनले भने, ‘श्रृङ्गखलाबद्ध रुपमा मेरो गाडीको पछाडि गर्न लगाएर धम्की देखि अंगभंग गरिदिने सम्मको धम्की प्रत्यक्ष रुपमा दिदै आएको छ । सोही योजना अनुरुप मंगलवार मेरै कार्यकक्षमा हाकिम साबको अगाडी नै मलाई ज्यान मार्ने प्रयास गरियो ।’

Sponsored

गौशाला नगरपालिका २ निगौल स्थित नीजि जग्गामा सार्वजनिक सम्पति बनाउन लाग्दा परेको उजूरी छलफलको क्रममा निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको भाञ्जा सुरेन्द्र महतोले ज्यान मार्ने धम्की दिएकी बताएकी हुन् । उनले भनिन, ‘मलाई नियोजित रुपमा मेरै कार्यकक्षमा ज्यान मार्ने प्रयास भएको छ । अफिसको समय सकिदा भिडभाड नभएको मौका छोपेर पूर्व योजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास ग¥यो ।’

नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी उपमेयर महतोले भनिन, ‘संविधानले उपमेयरलाई दिएको अधिकारको वेवास्ता गरी मेयर डा। दिपेन्द्र महतोले आफुखुशी गर्न खोज्ने र आफु अनुकुल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरित काम गर्न दबाब दिने गरेको छ । उपमेयरको सम्पूर्ण अधिकारलाई बाइपास गरेर मेयरले अनैतिक कार्यमा आफुपनि संलग्न हुने र मलाई पनि संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि संघातिक आक्रमणमा उत्रिएको हो ।’

गौशाला नगरपालिकाको २ निगौलमा नीजि व्यक्तिको हकभोगको जग्गामा नगरपालिकाबाट विनियोजित ३० लाख बजेट कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीको न्याय निरुपणका लागि लेखि पठाएकोमा न्याययिक समितिमा छलफल गराउँदा ज्यान नै जोखिममा परेको बताईन् । उनले भनिन, ‘वडा अध्यक्षले मलाई धम्काउँदै तेरो के अधिकार छ रु निगौला किन गईस् छानविन गर्न, अब देखि गईस् भने हातखुट्टा भाँचिदिन्छु भन्दै हातपातमा उत्रदै नगरपालिका प्राङ्गणमा टोले गुण्डाहरु बोलाएर अपराधिक परिस्थितिको सृजना गरेको छ ।’

Sponsored

उपमेयर महतोले प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी सहितको उपस्थितिमा छलफल भैरहदा कार्यकक्षमै मारिदिन्छु भन्ने भन्दै हातपातका उत्रिनु निन्दनीय हो । ‘म आफै न्याययिक समितिको संयोजक हुँ, अरुलाई न्याय निरुपण गरेर सहयोग गर्दै आएकी छु, तर अब म आफै न्याय खोज्न कहाँ जाउँ रु मलाई मेरो ज्यान असुरक्षित महशुष हुदैछ, मलाई मेरो ज्यानमाथि केही भयो भने त्यसको जिम्मेवार मेयर र म मलाई धम्की तथा कुटपिट गर्न खोज्ने वडा अध्यक्ष श्यामसुन्दर मण्डल र निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो तथा मेयर डा। दिपेन्द्र महतोको भाई सुरेन्द्र महतोले जिम्मेवारी हुनेछ ।’, उपमेयर महतोले भनिन, ‘म आफुलाई असुरक्षित महशुष गर्दैछु, मेरो घरबाट कतै निस्किए भने मेरो पछाडि बाईकल लगाएर पिछा गर्छन् म कता जान्छु, के गर्छु, सबैको निगरानी हुन्छ, त्यसको लागि मेयरले मान्छे नै खटाएको छ, यस्तो अवस्थामा म आफुलाई असुरक्षित महशुष गरिरहेको छु । त्यही भएर मलाई मेरो सुरक्षाको प्रत्याभुत गराउन सबैपक्षसंग आग्रह गर्दछु ।’

स्थानीय तहको विकास निर्माणमा उपमेयरहरुलाई ‘बाईपास’ गरिएको सुनाउँदै उनले भनिन्, ‘हामीले आफू अन्यायमा परेर भए पनि अरुलाई न्याय दिइरहेका छौं । यो उपप्रमुखको पदचाहिँ अत्यन्तै चुनौतिपूर्ण हुँदो रहेछ । पहिले त यस्तो होला जस्तो लागेको थिएन । तर, यहाँभित्र आइसकेपछि अत्यन्तै ठूलो चुनौती र व्यस्तता महसुस भयो । यसले गर्दा व्यक्तिगत पाटोपट्टि फर्कनै नपाउने भयो ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *