मधेश कृषि विश्वविद्यालयको पाठ्यक्रम कार्यशाला सप्तरीको राजविराजमा शुरु
शुभ नारायण यादव–
सप्तरी, असार २७ गते ।
मधेश कृषि विश्वविद्यालयले अध्ययन गराउने कृषि संकाय स्नातक तहको पाठ्यक्रम तयारी कार्यशाला सप्तरीको राजविराजमा आजबाट सुरु भएको छ ।
दुई दिनसम्म चल्ने कार्यशालाको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरिबी र बेरोजगारीबाट यो प्रदेशलाई मुक्त गर्नका लागि यहाँको युवाहरुलाई कृषिमा आधारित शिक्षा दिनुपर्ने आवश्यकता औल्याए ।
बृहत कार्यशालामा देशभरीका प्रसिद्ध कृषि विश्वविद्यालय तथा त्रिभूवन यूनिभर्सिटिको इन्टिच्यूट अफ एग्रीकल्चर एण्ड एनिमल साइन्सको डिन, बाली विज्ञान तथा प्रशोधन केन्द (नार्क)का करिब तीन दर्जन बढी वैज्ञानिकहरू, कृषि विज्ञ प्राध्यापक लगायतको उपस्थितिमा अध्यापन गराइने पाठ्यक्रम सन्दर्भमा गहन छलफल गरिने मधेश कृषि विश्वविद्यालयका उपकुलपति डाक्टर वैजनाथ महतोले बताए ।
कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन लगतै विश्वविद्यालयले सूचना निकालेरै प्रवेश परीक्षा लिने र विद्यार्थी भर्ना गरिनेछ । त्यस लगतै डिजाइन गरिएको कोर्ष अनुसार कातिकबाट बीएससिएजीको अध्यापन गराइने उपकुलपति महतोले बताए ।
मधेश कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविधालयमा कृषि, भेटनरीको, बागबानी,मत्स्य लगायतको पढाईसँगै कृषिको आधुनिकिकरण, व्यवसायीकरण, औजारीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने प्रदेश कृषि विश्वविधालयका रजिष्टार डाक्टर श्रीभगवान ठाकुरले बताए ।
Sponsored
विश्वविधालयको स्थापनाले सीपविहिनताले प्रवासी नेपालीले पाउँदै आएको दुख, आधुनिकिकरणले दुख पाउदै आएका किसानको समस्या समाधान हुने पाठ्यक्रम तयारी कार्यशालामा उपस्थित विज्ञहरुको भनाइ रहेको छ।
गत मंसिर २७ गते सप्तरीको राजविराजमा विश्वविधालयको उद्घाटन गरिएको थियो ।