लाेसपाले बिभिन्न १४ बुँदे माग राख्दै बुझायो ज्ञापन
शुभ नारायण यादव-
सप्तरी , असार २७ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी सप्तरी राजविराजले बिभिन्न १४ बुँदे माग राखी ज्ञापन–पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन–पत्र बुझाएको हो ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई बिभिन्न १४ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएका हुन् ।
ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले सोमवारै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौ पठाउने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापन–पत्रमा साँसद रेशम चौधरीसहित बिभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरुलाई निसर्त रिहाई गर्नुपर्ने, देशमा व्याप्त महंगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहिनको लागि नागरिकता उपलब्ध गराउनुपर्ने लगायतका बिभिन्न १४ बुँदे माग राखिएको छ ।
Sponsored