TodayPati

स्थानीय सरकारको कार्य प्रभावकारिता वढाउने पूर्व सिडिओ कणेलको १० टिप्स !

स्थानीय तह ( महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका ) को कार्य प्रभावकारी बनाउने १० वटा सुझाव प्रदीपराज कणेलले दिएका छन् । कणेल नेपाल सरकारका अवकाशप्राप्त सह-सचिव हुन् । उनी लामो समय विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर काम गरेका छन् । प्रशासनिक क्षेत्रमा कार्यरत रहँदा बटुलेको अनुभव सरकारी निकायलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउन आफ्ना समाजिक सञ्जाल मार्फत सुझावको रुपमा दिने गर्छन् । सोही क्रममा कणेलले पालिकाहरुको कामकाजलाई प्रभावकारी एवं उपलब्धिमूलक बनाउन १० वटा सुझाव दिएका छन् । जुन यस प्रकार छन् –

१. चालू आर्थिक वर्षको वजेट तथा कार्यक्रमको उपलब्धि र वाकी काम :

Sponsored

  • समिक्षा गरि अनियमितता हुन नदिई वाकी काम फर्‍छौट गर्ने।

२. नयाँ योजना, वजेट तथा कार्यक्रम र कार्यान्वयन :
आगामी आर्थिक वर्षको वार्षिक योजना,कार्यक्रम र वजेट तर्जुमा तथा कार्यान्वयनको निर्धारित विधि प्रक्रिया अनुरुप गृहकार्य प्रारम्भ गर्ने ।

  • वजेट तथा कार्यक्रम तय गर्ने सवै चरण समय सिमा भित्रै सक्ने।
  • राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र तत्सम्बन्धी गाईडलाईन लाई आत्मसात गरि स्थानीय आवश्यकता,प्राथमिकता र लागत प्रभावकारिताको पहिचान गर्ने।
    यसमा ;
    . श्रोत अनुमान समितिले सरोकारवालाहरु सङ्ग पुर्व समन्वय गरि कार्यपालिका समेतले सोही अनुरुप निर्धारित समय सिमा भित्रै निर्णय गर्ने।
    . नागरिकता सिफारिश, जन्म मृत्यु जस्ता विषयमा दस्तुर
    नउठाई भरपर्दो दिगो आन्तरिक श्रोत परिचालनमा जोड दिने
    . समानिकरण र सशर्त अनुदानका साथै समपुरक र विषेश
    अनुदानकालागि अग्रिम गृहकार्य गरि प्रदेश र संघीय सरकार
    सङ्ग निरन्तर समन्वयमा रहि समय भित्रै थप वजेट तथा
    कार्यक्रम माग गर्ने।
    . विपद उत्थानशिल विकासमा जोड दिई कार्ययोजनामा
    आधारित विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्ने।
    . नदिजन्य खानीजन्य पदार्थको ठेक्का वा अमानत गर्दा
    वातावरणीय पक्षमा सम्वेदनशिल भै जोखिमको न्यूनता,
    पारदर्शिता र जवाफदेहिता को मार्गचित्र वनाउने।
    . भुउपयोग नीति, मापदण्ड वमोजिम मात्र संरचना निर्माण,
    जैविक विविधता तथा पर्यावरण संरक्षण,
    फोहोर व्यवस्थापनलाई कमन एजेन्डाको रुपमा ग्रहण गर्ने।
    . गरिबी न्यूनीकरण कार्यक्रम अवलम्बन गर्ने, जस्तो ;
    सहकारी प्रवर्द्धन र सिड मनि वा प्रविधि वा क्षमता विकास।
    . अन्य क्षेत्रगत विषयगत कार्यक्रमलाई संघ, प्रदेशको
    गाईडलाईन र आफ्नो आवश्यकता / प्राथमिकता तथा
    उपलब्ध श्रोतको आधारमा अवलम्बन गर्ने , जस्तो ;
    पुर्वाधार विकास – खानेपानी, सडक / पुल पुलेसा,ढल,
    सार्वजनिक शौचालय, वसपार्क वा टर्मिनल,धर्मशाला,
    विद्यालयको भौतिक सुधार , धार्मिक स्थल संरक्षण,
    खेल मैदान वा संरचना निर्माण सुधार,मनोरञ्जन स्थल,
    वा अन्य संरचना निर्माण,
    महिला – वालवालिका, अपांगता भएका,
    जेष्ठ नागरिक, शिक्षा , स्वास्थ्य , कृषि – सिचाइ , पर्यटन ई.
    . स्वास्थ्य स्वयंसेवक / स्वयंसेविका, पुर्व बाल विकास ECD
    का स्वयंसेवकको उचित पारिश्रमिक र क्षमता विकासमा
    जोड दिने ।
    . निर्धारित समय सिमा भित्रै परिषद वाट निर्णय गराउने।

३. पारित वार्षिक योजना, कार्यक्रम र वजेट कार्यान्वयन सम्वन्धमा वार्षिक कार्ययोजना वनाएर कार्यान्वयनमा लैजाने ।

  • काम / कार्यक्रम खुलाउने ।
  • सुरु र सम्पन्न गर्ने अवधीको मासिक तालिकानै वनाउने
  • श्रोत एकिन गर्ने।
  • जिम्मेवार पदाधिकारी तोक्ने ।
  • ठेक्का, उपभोक्ता,अमानत,साझेदारी, गैसस वा समुदाय
    कसले संचालन गर्ने हो ? सो खुलाउने।
  • हरेक काम र कार्यक्रमको छुट्टाछुट्टै वा मिल्ने विषयको
    संयुक्त अनुगमन समिति तोकि अनुगमन प्रतिवेदन लिने।
  • हरेक कामको मासिक र समष्टिगत कामको त्रैमासिक
    समिक्षा – पछिल्लो महिनाको पहिलो हप्ता भित्रै गर्ने।
    सो समिक्षामा अनुगमन प्रतिवेदन समेत प्रस्तुत गर्ने।
  • मुल्यांकन पद्धतिलाई पनि तालिकामा आवद्ध गर्ने।
  • अपेक्षित उपलब्धि प्रक्षेपण गर्ने।

४. आफ्नो पालिका भित्र संचालन गरिने अन्य निकायको काममा दोहोरोपना हुन नदिन पुर्व समन्वय पद्धति वारे समयमै सूचना प्रवाह गर्ने र सो समेतको अभिलेख व्यवस्थित गर्ने।

Sponsored

५. वडा अध्यक्ष र कार्यपालिका सदस्य समेतलाई सहभागी
गराई विषयगत समिति वनाई कार्य क्षेत्र र जिम्मेवारी तोक्ने।

६. प्रमुख / अध्यक्ष ले स्वयं वा अधिकार प्रत्यायोजन गरि
उप प्रमुख / उपाध्यक्ष वा विषयगत समितिको संयोजक
मार्फत – स्थानीय तहको सम्वद्द महाशाखा / शाखाको
जिम्मेवारी क्षेत्रको हरेक वजेट तथा कार्यक्रम र सम्वद्द अन्य
विषयको पाक्षिक अनुगमन र मासिक समिक्षा गर्ने ।
यसकालागि हरेक जनप्रतिनिधिले वार्षिक कार्यक्रम साथमा
लिई कार्यान्वयन अवस्था वुझ्न चेक लिस्ट वनाउने।

७. सूचनाको हकलाई विश्वसनिय तुल्याई सेवा प्रभावकारिता
वढाउने :

  • हरेक वजेट तथा कार्यक्रम र उपलब्धि वारेको प्रगतिको
    त्रैमासिक, अर्धवार्षिक र अन्तिम विवरण वेबसाईट मार्फत
    प्रकाशन गर्ने।
  • माग्न आउनेलाई दिनपर्ने सूचना समयमै दिने।
  • कार्यक्रम / आयोजना स्थलमै सवै विवरण स्पष्ट वुझिनेगरी
    होडिङ वोर्ड राख्ने ।
  • एकीकृत नागरिक वडापत्र जारी गरि वडा र समुदायसम्म
    पुर्याउने।
  • भिड हुन नदिई सेवा व्यवस्थित गर्न आवश्यकता अनुरुप
    ध्वनि वडापत्र जारी गर्ने ।
  • सूचना प्रविधि अवलम्बन गर्ने।
  • अभिलेख प्रणाली व्यवस्थित गर्ने।
  • निशुल्क फर्मेट र सहजकर्ता स्वयंसेवक परिचालन गर्ने।

८. वित्तीय अनुशासनको पालना गर्ने।
पालिकाको सवै चल अचल सम्पत्ति र पालिका भित्रको
सवै सार्वजनिक सम्पत्तिको विवरण अद्द्यावधिक गर्ने।
वेरुजु फर्छौट गर्ने गराउने। अशुलउपर गर्नुपर्ने भए अशुल
उपर प्रक्रिया वढाईहाल्ने।
विना औचित्य पेश्कि नदिने । दिईएको पेश्कि समयमै
फर्छौट गराउन प्रमुख प्रशासकीय अधिकृत लाई उत्तरदायी
तुल्याउने ।
यस विषयलाई पनि मासिक समिक्षामा आवद्ध गर्ने।
आर्थिक वर्षको अन्त्यमा ” वेरुजु रहित ” स्थानीय तह तुल्याउने ।

९. कार्यक्रम र समय व्यवस्थापन :
. कार्यमुलक वैठक र कार्यक्रममा मात्र सहभागी हुने।
. आफुले आयोजना गर्ने वैठक वा कार्यक्रमलाई विषय
केन्द्रित तुल्याउने । सम्बोधन र विषयान्तर मा समय खेर
नफाल्ने ।
. अन्यको कार्यक्रममा पनि सोही अनुरुप गर्न अग्रिम सुझाव
दिने । आफुलाई सोही अनुरुप प्रस्तुत गर्ने ।
. शिलान्यास वा उद्घाटनलाई भद्दा वा फजुलखर्ची हुनै नदिने
आरम्भ र सुचारु गरिएको सूचना जारी गरि असल
अभयासको थालनी गर्ने।
. समस्या समाधानकालागि स्थलगत भ्रमण / अवलोकन
लाई प्राथमिकतामा राख्ने। यसमा सरोकारवालाहरुलाई
पनि सहभागी गराउने।
. अन्तर तह र अन्तर निकाय समन्वयलाई सदैव
प्राथमिकतामा राख्ने ।

१०. प्रचलित कानुनी व्यवस्थाको परिपालना गर्ने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *