TodayPati

श्रीलंकाको संकटबाट नेपालले पाठ सिक्नुपर्छ (विचार)

नविन साह

केही वर्षअघि श्रीलंकाले पनि धेरै दाताहरूबाट अनुदान र ऋण उत्सुकताका साथ लिइरहेको थियो । त्यहाँको राजनीतिक र आर्थिक अवस्था नेपालको वर्तमान परिदृश्य जस्तै थियो । तर अहिले श्रीलंकाको अवस्था तीव्र रूपमा बिग्रिदै गएको छ ।

करिब २ करोड २० लाख जनसंख्या रहेको श्रीलंकाको अर्थतन्त्र पहिले नै समस्यामा परेको थियो । अहिले अवस्था नियन्त्रण बाहिर छ । दूध, रोटी, चिनी, चामल जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । जनसङ्ख्याको ठूलो वर्गका लागि उनीहरूलाई धान्न गाह्रो छ ।

Sponsored

इन्धनका लागि पम्पमा लामो लाइन छ । जनताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन सरकारले ग्यास पसलहरूमा सेना तैनाथ गरेको छ । एक दर्जनभन्दा बढी शरणार्थी तमिलनाडु पुगेको खबर छ । आखिर सुनौलो लंका भनिने श्रीलंकामा यस्तो अवस्था कसरी आयो ? त्यो नेपालका लागि पनि चासोको विषय हुनुपर्छ । तरलता संकटबाट गुज्रिरहेको नेपाल पनि त्यही दिशातिर गइरहेको छ ।

बिलासितामा अनियन्त्रित सरकारी खर्च, उच्च भ्रष्टाचार र नीतिगत त्रुटिका कारण मुद्रा दर ५.७ प्रतिशतसम्म बढेको छ । जुन अघिल्लो वर्ष ३.६ प्रतिशतको तुलनामा २.१ प्रतिशतले वृद्धि भएको हो । विदेशी मुद्रा सञ्चित पनि गत वर्षको तुलनामा १४.७ प्रतिशतले घट्दै गएको छ, जुन देशका लागि डरलाग्दो अवस्था हो । तर नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहित गर्न सञ्चालक निर्देशिका जारी गरी स्थिति नियन्त्रणका लागि धेरै कदम चालेको छ । तर त्यसको प्रभाव खासै सकारात्मक छैन ।

यद्यपी यसको नकारात्मक प्रभावहरू बढ़ी छन् । राष्ट्र बैंकले तोकेको नयाँ व्यवस्थाअनुसार आयातकर्ताले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन कायम गर्नुपर्ने प्रवधान छ । यसले आयातमा ब्यापक गिराबट आएकोछ । जसको कारण भन्सार राजस्व नराम्ररी प्रभावित भएका हो ।

Sponsored

यसले भन्सार छलि र चोरी पैठारी पनि बढेको छ । यी सबै परिदृश्यले नेपाल को आर्थिक अवस्था र आउने दिनको चित्रण श्रीलंका झै लागिरहेको छ । बुद्धिजीवीहरू भन्छन् – ज्ञानीले अरूको गल्ती अध्ययन गरेर आफ्नो गल्ती सुधार्न सक्छन् । नेपालले श्रीलंकाबाट अध्ययन गर्ने बेला आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *