विभिन्न ६७ देशबाट नेपल प्रवेश गर्नेलाई ७ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम तत्कालका लागि स्थगित
टुडेपाटी–
काठमाडौँ, पुस ३ गते ।
विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम अध्यागमन विभागले तत्कालका लागि स्थगित गरेको छ ।
विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो। तर शनिबार सूचना निकालेर हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएको जनाएको हो। होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध ९७ दिन अनिवार्य होटल क्वारेन्टिन सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्’, शनिबार जारी गरिएको सूचनामा भनिएको छ ।
विभागले शुक्रबार अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो ।
Sponsored