TodayPati

कानुन मिचेर पहुँचवालालाई लखौं रुपैयाँ बाँड्दै मुख्यमन्त्री राउत,प्रदेश प्रमुखकी पत्नीलाई ५ लाख

टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।

प्रदेश २ सरकारले असहाय विपन्न तथा अशक्तलाई सहायताको लागि स्थापना गरेको मुख्यमन्त्री राहतकोषको चरम दुरुपयोग हुने गरेको छ ।

बेला बेला मुख्यमन्त्री लालबाबु राउतले कानुन विपरीत सम्पन्न तथा पहुँचवालालाई वितरण गर्दा उनको चर्को आलोचना हुने गरेको छ । तर पनि राउतले कानुन मिचेर मनपर्दी गर्न छाडेका छैनन् । राउतले पुनः उपचार खर्चको नाममा प्रदेश २ प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषा मिश्रलाई पाँचलाख रुपैयाँ उपलब्ध गराएका छन् ।

Sponsored

त्यही करिब एकसय वास्तविक विपन्न, असहाय अशक्तले आर्थिक सहायता माग गर्दै महिनौ अघि दर्ता गराएको निवेदनमाथि मुख्यमन्त्री राउतले कुनै चाँसो नदिएको श्रोतको दावी छ । तर, पहुँचवाला प्रदेश प्रमुख मिश्रकी पत्नीलाई उपचार खर्चको नाममा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ लाई मिचेर मन्त्री परिषदबाट निर्णय गरेर पाँचलाख उपलब्ध गराएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यस विषयमा आफुलाई केहि जानकारी नरहेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले प्रतिक्रिया दिए ।

यसअघि पूर्वमन्त्री र सांसदहरुलाई उपचार खर्चको नाममा क्याबिनेटबाट आर्थिक सहायता वितरण गरिएपनि अहिले आएर प्रदेश प्रमुखकी श्रीमतीलाई उपलब्ध गराइएको वा नगराइको विषयमा आफुलाई जानकारी नभएको उनको भनाइ छ ।

Sponsored

जवकी आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम कुनै पनि व्यक्तिलाई २५ हजारदेखि ३ लाखभन्दा बढी उपलब्ध गराउन पँदैन ।

आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ को दफा ३ को उपदफा ९१० मा ‘प्रदेश भित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई निजको जीवनयापन वा औषधि उपचारका लागि प्रदेश सरकारले सहयोग स्वरुप आर्थिक सहायता प्रदान गर्न सक्नेछ’ उल्लेख छ।

निर्देशिकाको दफा ३ को उपदफा ९३० मा ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति पच्चीस हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई पच्चीस हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई बढीमा तीन लाख रुपैयाँसम्म’ उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ।

यसअघि पनि पूर्वमन्त्री र सांसदलाई लाखौं बाँडे

यसअघि पनि मुख्यमन्त्री राउतले कार्यविधि मिचेर पूर्वमन्त्री, सांसद र आसेपासलाई उपचार खर्च, निजी दुधडेरी स्थापना लगायतको नाममा करोडौं रकम बाँडिसकेका छन् ।

पूर्व राज्यमन्त्री डिम्पल झालाई उपचार खर्चको नाममा प्रदेश सरकारले दुईपटक गरी १७ लाख रुपैयाँ प्रदान गरिसकेको छ । पहिलो पटक २५ भदौ २०७७ मा १० लाख रुपैयाँ र दोश्रो पटक २ वैशाख २०७८ मा ७ लाख रुपैयाँ झालाई प्रदेश सरकारले उपलब्ध गराएको थियो ।

यस्तै सांसदहरुलाई पनि पहुँचकै आधारमा मुख्यमन्त्री राउतले बेला बेला १ देखि ५ लाख रुपैयाँसम्म कोषबाट वितरण गरेको सार्वजनिक भइसकेको छ । ३ असार २०७८ सिरहा क्षेत्र नं। ३ ९क० बाट निर्वाचित नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रामकुमार यादवलाई उपचार खर्चको नाममा ५ लाख, १५ पुस २०७७ मा कांग्रेसका सांसद शिवचन्द्र प्रसाद चौधरीलाई ४ लाख ५० हजार बाँडेका थिए ।

यस्तै २५ भदौ २०७७ मा जनता समाजवादी पार्टीका सांसद अशोक कुमार यादवलाई उपचारको नाममा २ लाख रुपैयाँ, जसपाकै सांसद भिमा यादवलाई १ लाख ५० हजार रुपैयाँ, सांसद करिमा बेगमलाई उपचार खर्चकै नाममा १ लाख रुपैयाँ, नेकपा एमालेकी सांसद जगतारेन देवी सुडी ९२ हजार २५० रुपैयाँ मुख्यमन्त्री राउतले बाँडिसकेको मुख्यमन्त्री कार्यालय उपलब्ध गराएको आर्थिक वर्ष २०७६।०७७ र ०७७।०७८ को तथ्यांकमा उल्लेख छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “कानुन मिचेर पहुँचवालालाई लखौं रुपैयाँ बाँड्दै मुख्यमन्त्री राउत,प्रदेश प्रमुखकी पत्नीलाई ५ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *