TodayPati

सरुवा भए धनुषाका दुई मुद्दामा बद्नाम एसपी रानाभाट

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन् ।

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो ।

Sponsored

धनुषमा अब प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक बसन्त रजौरे र सर्लाहीमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको सरुवा भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक राणभाटले आफ्नो कार्यकालमा एउटा लागुऔषध मुद्दामा आर्थिक चलखेल गरी मिसिल फेरबदल गरेको अनुसन्धान भइरहेको छ भने धनुषाको सखुवा महेन्द्रनगरमा डिस्टिलरीमा झण्डै एकवर्ष अघि भएको ह’त्या घटनामा समेत मोटो रकमको चलखेल गरी मुद्दा कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिएको उजुरी परेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषको प्रांगणमा बनाइएको केहि भौतिक संरचनामा मोटो चन्दा संकलन गरेको र पुरानै संरचनाको निर्माण

Sponsored

समाग्री प्रयोग गरी व्यापक अनियमितता गरको आरोप छ ।

म्बन्धित समाचार

धनुषाका एसपी रानाभाटमाथि अनुसन्धान सुरु, हेडक्वार्टरको टोली धनुषामा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *