TodayPati

धनुषाका एसपी रानाभाटमाथि अनुसन्धान सुरु, हेडक्वार्टरको टोली धनुषामा

टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।

लागूऔषध घटनामा मिसिल नै परिवर्तन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटमाथि अनुसन्धान सुरु भएको छ।

४ महिनाअघि अर्थात गत ८ फागुनमा धनुषा प्रहरी मातहत रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बटेश्वरबाट प्रतिबन्धित लागूऔषध नाइट्रोजन भ्याटसहित तीन जनालाई पक्राउ गरेको थियो।

Sponsored

सोही घटनामा एसपी रानाभाटले अवैध लाभमा मिसिल नै परिवर्तन गरेर मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो।

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो। अहिले उक्त छानबिन समितिले धनुषा गएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको पाइएको छ।

‘एसपी रानाभाटविरुद्ध उजुरी परेको छ,’ प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। लाभ लिएको पुष्टि भएमा कारबाही हुन्छ।’

Sponsored

लागूऔषधसहित पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवामा बस्ने २१ वर्षे केशव सिंह, २० वर्षे रोशन ठाकुर र सहिल सिंह रहेका थिए। उनीहरु बटेश्वर गाउँपालिका–२ धुमासनबाट पक्राउ परेका हुन्।

प्रकाउ परेका उनीहरुको साथबाट तीन सय ८० थान नाइट्रोजन भ्याट बरामद भएको थियो। यस्तै प्रहरीले उनीहरू चढेको ज७प १५७४ नम्बरको होण्डा साइन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। समाचार : अनलाइन न्यूजबाट

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकाबाट लागुऔषधसहित महोत्तरीका तीन युवक प्रहरीको फन्दामा

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *