बटेश्वर गाउँपालिकाबाट लागुऔषधसहित महोत्तरीका तीन युवक प्रहरीको फन्दामा
टुडेपाटी-
धनुषा,फागुन ८ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाबाट लागुऔषधसहित तीन युवका पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा महोत्तरीको मनरासिसवा नगरपालिका २ बस्ने २१ बर्षिय केशव सिंह, २० बर्षिय रोशन ठाकुर र २० बर्षिय सहिल सिंह छन् ।
बटेश्वर गाउँपालिका २ कार्तिक कुम्बरबजारबाट शनिबार साँझ तीनैजनालाई तीन सय ८० थान ‘नाइट्रोजन भ्याट’ नामक ट्याबलेटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
तीनैजना युवकलाई पक्राउ गरी थप अनुसन्धन गरिरहेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय बटेश्वर गाउँपालिकामा लागुऔषध कारोबार फस्टाएको छ भने युवाहरु ड्रग्सको लतमा पर्दै गएका छन् ।
Sponsored