TodayPati

महोत्तरी : जहिले पनि ढिलाे खुल्ने र चाडै बन्द हुन्छ स्वास्थ्य चौकी औरही

टुडेपाटी

महोत्तरी, जेठ ३० गते ।

महोत्तरी(औरही) – सरकारले स्वास्थ्य संस्थाहरुलाई थप सेवादायक बनाउने प्रयास गरेपनि महोत्तरीको औरही नगरपालिकामा रहेको स्वास्थ्य चौकी औरही सधैं ढिला गरि खुल्ने र चाडै बन्द हुने गरेको छ । स्वास्थ्य चौकी बिहान ११ बजे पछि खुल्ने र दिउँसो २ नबज्दै बन्द हुने प्रवृति कायमै रहेको छ ।
सरकारी नियमानुसार बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म संचालन हुनुपर्ने स्वास्थ्य चौकी समयमा नखुल्ने र बन्द हुने गर्दा बिरामीहरुले निकै समस्या खेप्नुपरी रहेको स्थानीयले गुनासो गरेका छन् ।

Sponsored

हाल दिनहुँ ४० देखि ६० जनासम्म झाडापखाला, निमोनिया, टाईफाईड लगायतका बिरामीहरु आउने गरे पनि औरही नगरपालिका १ मा स्थित स्वास्थ्य चौकी औरहीमा नियमित रुपमा कर्मचारी नआउँदा र समय सीमा भित्र संचालन नहुँदा बिरामीहरुलाई समस्या परेको छ ।

सो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउँदा बिरामीहरु उपचार अभावमा घर फर्किनु परेको बाध्यता रहेको स्थानिय राजेश साह शिरीष न्युज संचारकर्मीलाई बताए । साहले उक्त स्वास्थ्य चौकी औरहीमा सिनियर अहेब रामचन्द्र यादव सहित अन्य पाँच जना स्वास्थ्यकर्मीहरु रहेपनि कुनै कर्मचारी कार्यालय समयमा नआउने गरेकाले बिरामीहरुलाई समस्या हुने गरेको गुनासो गरे ।

कार्यरत स्वास्थकर्मीहरुले स्वास्थ चौकी भन्दा बढी आफ्नो निजि क्लिनिकमा समय दिने गरेको हुँदा समस्या भएको स्थानीयले आरोप लगाएका छन् । यस सम्बन्ध औरही नगरपालिका मेयर सुनिल यादवले जनतालाई समस्या उत्पन्न गराउने सेवा प्रवाहमा लापरवाही गर्ने कर्मचारीसंग स्पष्टीकरण माग्ने र सेवा प्रवाहमा सुधार ल्याउने जनाए ।

Sponsored

त्यस्तै यस सम्बन्ध औरही नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत नविन न्यौपाने संग कुरा गर्दा उहाले भने जनतालाई समस्या उत्पन्न गराउने र दु:ख दिने कर्मचारीलाई कर्मचारी ऐन मार्फत कानुनि कार्वाही गरि सेवा प्रवाहमा सुधार ल्याउने जनाए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *