सप्तरीको बरहीमा २५ लाखको लागतमा पोखरी घाट निर्माण हुने
टुडेपाटी-
सप्तरी, फागुन २४ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहिमा २५ लाखको लागतमा पोखरी घाटको शिलान्यास गरिएको छ । सोमबार प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उक्त पोखरी घाटको शिलान्यास गरेका हुन् ।
मन्त्री शैलेन्द्र साहको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत थान पोखरीको घाट शिलान्यास गरेको हो ।
शिलान्यास कार्यक्रममा वडाअध्यक्ष बिनोद कुमार यादव, जसपाका स्थानीय युवा नेता महेश कुमार यादव, समाजसेविहरु लक्ष्मी यादव, ननु राय लगायतकाहरुको उपस्थितिमा थियो ।
उक्त पोखरी घाटमा २५ लाख रकम विनयोजन गरेको युवा नेता महेश यादवले जानकारी दिए ।
Sponsored