प्रदेश प्रमुख झाको दोश्रो उदाहरणीय कार्य : दुर्घटनामा घाइते मिनिट्रकका चालकलाई गरे उद्धार
टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।
प्रदेश नं २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले फेरि दुर्घटनामा घाइते भएका सवारी चालकलाई उद्धार गरेका छन् । कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चुमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई पदेश प्रमुख झाले अस्पताल पुर्याएर उद्धार गरेका हुन् ।
छिन्चु सडकखण्डमा शनिबार अपरान्ह मिनिट्रक र बा ५ ख ४२०४ नम्बरको सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिट्रक पल्टिएको थियो । मिनिट्रकका चालक शेरबहादुर सिंह घाइते भएको प्रहरी जवान सुरेन्द्र रेग्मीले जानकारी दिए ।
कर्णाली प्रदेश भ्रमणको क्रममा रहेका प्रदेश २ का प्रमुख अहिराजले दुर्घटनामा घाइते भएको देखेर सिंहलाई आफ्नै गाडीमा राखेर बाँके जिल्लाको कोहलपुर मेडिक कलेज दशबिघामा भर्ना गराएका हुन् ।
प्रदेश प्रमुख अहिराजले आफ्नै गाडीमा राखेर आफूले नै अस्पताल पुर्याएको प्रहरी जवान रेग्मीले बताए । उनका अनुसार घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमासमेत चोटपटक लागेको छ ।
प्रदेश प्रमुख अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् । सोहीअन्तर्गत कलर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात् फर्किँदै थिए ।
Sponsored
यसअघि पनि बाराको जितपुर जादै गरेका बेला पूर्व पश्चिम राजमार्गको नीजगढ चन्द्रनिगाहपुर सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा जुध्दा घाईते भएका चारजनाको उनले उद्धार गरी उपचारार्थ अस्पताल पठाएका थिए ।
यो पनि…