TodayPati

दुर्घटनामा घाइते भएर सडकमा छटपटाइरहेका चारजनालाई प्रदेश २ प्रमुख झाले गरे उद्धार

टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।

सवारी दुर्घटनामा घाइते भएका चारजना व्यक्तिलाई प्रदेश २ प्रमुख राजेश झाले आफै उद्धार गरेका छन् ।
जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि निजगढ स्थित सडकमा छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरेका हुन् ।

सवारी दुर्घटनामा घाइते सबै व्यक्तिलाई प्रदेश प्रमुखले आफनै सक्रियतामा उद्धार गरेर अस्पताल पठाएका हुन् ।

Sponsored

जितपुरमा सैनिकको एउटा कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख झा जनकपुरबाट रौतहटबाट जाँदै थिए । सोहि बेला निजगढको जंगलमा दुर्घटनापछि सडक छेउमा घाइते भइ एकजना बच्चासहित चारजना छटपटाइ रहेका थिए ।

लगतै आफु पुग्दा उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएको प्रदेश प्रमुख झाले बताए ।

उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *