TodayPati

मदिरा सेवनबाट ६ जनाको मृत्युपछि सिंगो रमदैया गाउँ नै शोकमा, मदिरा बेच्नेलाई कारबाहीको माग

टुडेपाटी-
जनकपुरधाम, फागुन ३० गते ।

होलीको अवसरमा अत्यधिक घरेलुु मदिरा सेवनले ६ जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ को रमद‌ैया गाउँ शोकमा डुबेको हो ।


स्थानीयहरुले मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने र गराउने माथि कडा कारबाहीको माग समेत गरेका छन् ।

Sponsored

होलीमा अत्यधिक मदिरा सेवन गर्दा रमदैयाका ६ जनाको ज्यान गएको छ भने ३ जना सिकिस्त भएका छन् । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा, राजु महरा र विजय सदा छन् ।

धनुषामा अत्याधिक मदिरा सेवनले मृत्यु हुनेको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *