TodayPati

धनुषामा अत्याधिक मदिरा सेवनले मृत्यु हुनेको संख्या ६ पुग्यो, ३ जनाको अवस्था गम्भीर

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, फागुन ३० गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरापलिका–३ स्थित रमदैयामा होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मदिरा सेवनले सिकिस्त तीन जनाको अवस्था गम्भीर रहेको छ ।
मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

अर्का एकजनाको भने तीन दिन अघि नै मृत्यु भएको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन्।

मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ।

Sponsored

स्थानीयले उनको पनि मृत्यु भइसकेको दाबी गरेका छन्। तर, प्रहरीले भने यसको पुष्टि गरेको छैन। ‘उनको अवस्था चिन्ताजनक रहेको खबर छ, मृत्युको खबर आइसकेको छैन,’ प्रहरी निरीक्षक पप्पु नायकले भने।

सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ।

Sponsored

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *