TodayPati

शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्रालय पुगिन् विश्व प्रभावशाली महिला सपना मगर

टुडेपाटी-
काठमाडौं, फागुन २ गते ।

विश्वका प्रभावशाली महिला (बीबीसी) को सूचीमा परेकी सपना रोका मगरले आफूलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेकी छिन् ।

आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर सपनाले ललितपुरका विनयजंग बस्नेतले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन् ।

Sponsored

बस्नेतले आफूलाई गाली बेइज्जती गर्दै केही समयदेखि मानसिक यातना दिएको, चोरीको आरोप लगाएर केही समयदेखि मानसिक यातना दिएको भन्दै सपनाले शान्ति सुरक्षाको व्यवस्था गरिदिन गृहमन्त्री थापालाई आग्रह गरेकी हुन् । उनले बस्नेतमाथि कारबाही गर्न पनि गृहमन्त्री थापासँग माग गरेकी छिन् ।

यसअघि सपनाले आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेर बस्नेतविरुद्ध अभद्र व्यवहार मुद्दामा उजुरी दिएकी थिइन् । बस्नेतले युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै सपनाका नग्न तस्वीर आफूसँग पेन ड्राइभमा सुरक्षित रहेको र कुनै बेला सार्वजनिक गरिदिने धम्की दिएका थिए ।

सपनाले बस्नेतसँगै मिलेर बेवारिसे शव जलाउने काम गर्थिन् । सपना र बस्नेतबीच पछिल्लो समय भने सम्बन्धमा तिक्तता आएको थियो ।

Sponsored

बस्नेतसँग मिलेर शव जलाउने काम गर्ने सपना बीबीसीको १०० जना प्रतिभाशाली महिलाको सूचीमा समेत परेकी छिन् ।

यो पनि..

विश्वका सय प्रभावशाली महिलाको सुचीमा परेकी सपनाले बस्नेतविरुद्ध दिइन् उजुरी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *