वीरगञ्जबाट १ क्विन्टल चरेससहित ट्रक चालक पक्राउ
टुडेपाटी-
वीरगञ्ज, पुस २४ गते ।
वीरगञ्जबाट १ क्वीन्टल ७ किलो लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका ११ निवासी रविन तामाङ छन् ।
वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।
मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट सो परिमाणको चरेस प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।
कन्टेनरमा फल्स बटम बनाएर कारोबारीले सो चरेस कन्टेनरमा लुकाएर राखेका थिए । बरामद चरेससहित चालकविरुद्ध लागुऔषध शीर्षकमा मुदा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कुवँरले बताए ।
Sponsored