वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. कुशवाहको निधन
टुडेपाटी-
वीरगञ्ज, पुस २३ गते ।
वीरगन्जकोे ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेवप्रसाद कुशवाहको निधन भएको छ ।
विगत २ महिनादेखि जन्डिसबाट पीडित डा. कुशवाहको उपचारको क्रममा बुधबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
गणित विषयका जानकार एवं यस क्षेत्रका चर्चित व्यक्तित्व डा. कुशवाहालाई स्वास्थ्यमा समस्या आएपछि केहि दिन अघि अस्पताल भर्ना गरिएको थियो ।
क्याम्पस सहप्राध्यापक उमेश चौरसियाका अनुसार डा. कुशवाहलाई आइसियूभित्र भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बुधबार राति दुई बजे निधन भएको हो ।
उनको अन्त्येष्टि बिहीबार नै उनको पैतृक गाउँ वीरगन्ज महानगरपालिकास्थित कोहड़ीमा गरिएको छ ।
Sponsored