वीरगञ्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो
टुडेपाटी-
वीरगञ्ज, पुस २३ गते ।
संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले वीरगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गर्दै वीरगञ्जको माईस्थान चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेका छन् । विद्यार्थीले जलाइरहेका पुत्ला प्रहरीले खोसेर निभाएका छन् ।