TodayPati

सप्तरीमा चट्याङबाट एकैदिन मृत्यु भएका चारजनाका परिवारलाई जनही १ लाख राहत

शुभ नारायण यादव-
सप्तरी , पुस १८ गते ।

सप्तरीमा चट्याङ लागेर एकैदिन मृत्यु भएका चारजनाका परिवारलाई प्रदेश २ सरकारले जनही १–१ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शनिबार राजविराजस्थित आफ्नै सम्पर्क कार्यालयमा एक कार्यक्रमबीच मृतक चारै जनाका परिवारलाई राहत स्वरुप १–१ लाख रुँपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

Sponsored

चट्याङ लागेर गत असार १५ गते एकै दिन सप्तरीको महदेवा गाउँपालिकाका नकछेदी ठाकुर, बेचन यादव, राजगढ गाउँपालिकाका केसीलाल साह र डाक्नेश्वरी नगरपालिकाकी ललिता देवी यादवको मृत्यु भएको थियो ।

मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई एक÷एक लाखको चेक हस्तान्तरण गरेका छन् । चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको मन्त्री साहको कथन थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *