सप्तरीमा जेसिबिको ठक्करबाट बालिकाको मृत्यु
शुभनारायण यादव-
सप्तरी, फागुन २२गते ।
सप्तरीको राजगढ गाउँपालिका वडा न. ५ मलेकपुरमा जेसिबिको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
भारतको बंगाल खरिजाबाग बथरी ग्राम घर भई एमआरडी ईटा उद्योगमा काम गर्ने ईरसाद अलिका १५ बर्षिया छोरी अलमिनिया खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खातुनलाई सोहि ईटा उघोगमा काम गर्ने ज.१ क. जेसिबीले ठक्कर दिई घाइते भई उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण ंिसह सागरमाथा अंचल असप्ताल ल्याउदै गर्दा बिच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने जेसिबी प्रहरीको नियन्त्रणमा रहेको तथा सो घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको सुरक्षा बेश क्याम्प पथरगाढाले जनाएको छ ।