बारामा टेम्पुको ठक्करबाट बालक सुमनको ज्यान गयो
टुडेपाटी
बारा, फागुन २१ गते ।
बारामा टेम्पुको ठक्करबाट एक ४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका २० बसडील्वागोठ बस्ने संजित पासवानको ४ वर्षीय छोरा सुमन पासवान छन् ।
बुधबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका २० बसडील्वागोठस्थित सडकमा ना २ ह ४४२५ नम्बरको टेम्पुको ठक्करबाट सुमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ । साथै यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।