TodayPati

पर्सामा जन्ती हिडेका युवकको हत्या अभियोगमा दुईजना पक्राउ

टुडेपाटी-
पर्सा, मंसिर २२ गते ।

पर्सामा जन्ती हिडेका युवकको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका हुन् ।

गएको मंसिर १७ गते पर्साको धोबिनी गाउँपालिका –२ भिखापुर स्थित नहरमा कालिकामाई गाउँपालिका १ तीनडोबिया टोलका २६ वर्षीय एमामुल हुसैनको शव हत्या भएको अवस्थामा फेला परेको थियो । हुसैनको हत्या अभियोगमा दुबैजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

Sponsored

दुबैजनाविरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी निस्केका उनी बेहुलीको घरमा नपुगेपछि खोजी सुरु गरिएको थियो । तीन दिन पश्चात हुसैनको शव धोबिनी गाउँ पालिका– २ स्थित नहरमा उनको शव फेला परेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *