TodayPati

जिउँदै मान्छे जलाउने पुर्वमन्त्री अफताबका भाई भारतबाट पक्राउ, जनकपुर प्रहरी बिहारबाट ल्याउँदै

टुडेपाटी

जनकपुरधाम, मंसिर २२ गते ।

रौतहट बम काण्डका आरोपी पुर्वमन्त्री तथा काँग्रेस नेता आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् ।

Sponsored

भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट उनलाई पक्राउ गरिएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले उनलाई रौतहट ल्याइरहेको प्रहरी स्रोतले जनाएको छ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

Sponsored

बम काण्डमा दाजु मोहम्मद अफताब आलमको पनि संलग्नता रहेको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि आलमका भाइ मोहम्मद मोहताब आलम फरार भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *