TodayPati

जो पति-पत्नी जीवनको उतरार्धमा संगै बैकुण्ठ गए, एउटै चितामा संस्कार (फोटो फिचर)

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १७ गते ।

जीवनको अन्तिम अवस्थामा पाँच मिनेटको अन्तरालमा मृत्यु भएका दम्पतिको एउटै चितामा दाहसंस्कार गरिएको छ । धनुषाको सहिदनगर नगरपालिका वडा नं. १ का ९१ वर्षीय राम खेलावन यादव र उनकी ८८ वर्षीया श्रीमती सुमिन्त्रा देवी यादवको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।


सोमबार बिहानै उठेर नित्य कर्म गरेका यादव दम्पति चिया खाएर गफेका थिए । अचानक छाती दुखेपछि बिहान ७ः४५ बजे रामखेलावनको मृत्यु भएको थियो । पतिलाई मृत्यु भएको देखेर अचेत भएकी सुमिन्त्राको ५ मिनेटको अन्तरालमा ७ः५० बजे मृत्यु भएको थियो ।

Sponsored

जीवनको उतरार्ध अवस्थमा पाँचमिनेटकै अन्तरालमा श्रीमान श्रीमतीको मृत्यु भएपछि स्थानीयहरु चकित भएका छन् । यसलाई समाजले यादव दम्पतिले ठूलो सौभाग्य प्राप्त गरेको चर्चा गर्ने गरेका छन् । त्रेता युगमा श्रवणकुमारको आमाबुबाले एकैपटक मृत्यु वरण गरेको घटनासंग तुल्ना गरेका छन् ।

एकैसाथ मृत्यु वरण गरेका यादव दम्पतिलाई एउटै टाटी (बाँसको लास लैजान बनाएको रण्ठी) मा शम्शनघाटमा लगेर एउटै चितामा अन्त्येष्टि गरिएको छ । पति पत्नीको प्रार्थिव शरीरलाई हेर्न छिमेक र परका गाउँहरुबाट सर्वसाधारणको भीडा लागेको थियो भने मलामीमा समेत घुइँचो लागेको स्थानीय नरेश यादवले बताए ।

जीवनको अन्तिम समयमा केहि समयकै अन्तरालमा पति पत्नीको मृत्यु हुनु, एउटै चितामा अन्त्येष्टि हुनु सौभाग्यको कुरा भएको भन्दै सर्वसाधारणले यस्तो मृत्यु जीवनको अन्तकालमा सबै दम्पतिले पाउन् भन्ने कामना समेत गर्ने गरेका छन् ।

Sponsored

धनुषामा अनौठो संयोग : ५ मिनेटकै अन्तरालमा पति पत्नीको मृत्यु

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *