धनुषामा प्रहरी र स्थानीयबिच झडप, इन्सपेक्टरसहित ५ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, भदौ २२ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा प्रहरी र स्थानीबासिन्दाबिच बिच बिबाद हुँदा इन्सपेक्टरसहित ५ जना घाइते भएका छन् । औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरमा प्रहरी र स्थानीयबिच झडप भएको हो ।
झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टरसहति २ प्रहरी र तीनजना स्थानीय घाइते भएका हुन् ।
गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको प्रहरी नायव निरीक्षक एमडी मुस्तफाले टुडेपाटीलाई जानकारी दिए । उनका अनुसार क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरको एक क्लिनिकमा प्रहरी निरीक्षक र घाइते प्रहरी जवानको उपचार भइरहेको छ । प्रहरी निरीक्षकको निधारमा ६ वटा टाका लागेको छ ।
प्रहरीको लाठीचार्जबाट एक महिलासहति ३ जना स्थानीय घाइते भएका छन् । उनीहरुको उपचार धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको जसपाका स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिए ।
बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेको थिए । त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबिच झडप भएका हो ।
प्रहरीे उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने विषयमा विवाद भएको थियो । त्यसपछि प्रहरीले ट्याक्टरमा राखेको उक्त गोलिया इलाका प्रहरी कार्यालय तर्फ बढाएपछि स्थानीयले ढुंगामुढा गरेको बताइएको छ ।
Sponsored
Pingback: धनुषा : झडपमा इन्सपेक्टरको टाउको फुटेपछि ५ जना पक्राउ – TodayPati
Pingback: धनुषा : झडपमा इन्सपेक्टरको टाउको फुटेपछि ५ जना पक्राउ - kshreereshwornath