समाचार प्रभाव : एउटा सिरानीको खोल २८ सय रुपैयाँमा किन्ने सिरहा नपामा अख्तियारको छापा
टुडेपाटी
जनकपुरधाम, साउन २५ गते ।
सिरहा नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामकालागि खरिद गरेको समानमा ब्यापक अनियमितता गरेको टुडेपाटीमा समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
आइतवार अख्तियारको बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले कोरोना रोकथाम तथा नियन्त्रणमा खरिद गरिएको समाग्री सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि आयोगको टोलीले छानविन थालेको अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीले जानकारी दिए ।
सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।
Sponsored
उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियारले चासो लिएकोे हो ।