महरा सफाइ पाएपछि रोशनी साही खुसी : भनिन् ‘महरा सरले न्याय पाउनु भो’
काठमाडौं, फागुन ५ गते
पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएपछि रोशनी साही खुसी व्यक्त गरेकी छन् । संसद सचिवालय कर्मचारी रोशनी शाहीकै जवरजस्ती करणी आरोपमा पूर्वसभामुख महराले सभामुख पद गुमाउँदै पूर्वपक्ष लागि जेल चलान भएका थिए ।
महरालाई सोमबार जिल्ला अदाल काठमाडौंले सफाइ दिएपछि उनी डिल्ली बजार कारागारबाट रिहा भएका छन् ।
‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, शाहीले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’
‘तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’
रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् ।
Sponsored