TodayPati

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

टुडेपाटी

जनकपुरधाम, साउन २० गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sponsored

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

सोही क्रममा आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ ।

थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।

Sponsored

उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *