जेलमुक्त भए महरा, सांसद पद र सेवासुविधा पाउने
टुडेपाटी-
काठमाडौं, फागुन ५ गते ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती करणी प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्ण बहादुर महरा जेलबाट रिहा भएका छन् । जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वपक्षको लागि थुनामा रहेको डिल्ली बजार कारागारमा रहेका महरा रिहा भएका हुन् ।
नेकपाका नेता कार्यकर्ताले उनलाई भव्य स्वागत गरेका छन् । अब पूर्वसभामुख महराको सांसद पद र सेवा सुविधा फुकुवा समेत हुने भएको छ ।
गएको असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेछि उनको सभामुखसंगै सांसद पद समेत गुमेको थियो । सभामुख पदबाट राजिनामा दिएपनि उनी जवरजस्ती करणी गरेको अरोपमा सांसद पदबाट समेत निलम्बित भएका थिए ।
जवरजस्ती करणी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि जेल चलान भएपछि उनको पदसंगै सेवासुविधा सबै बन्देज भएको थियो । जिल्ला अदालतबाट सोमबार जवरजस्ती करणी आरोपमा महराले सफाइ पाएपछि उनको सांसद पद पनि पुनस्र्थापित हुने भएको छ ।
Sponsored
तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वत : निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुने जनाएको छ । अब महराले सांसदका रुपमा पुन : संसदमा प्रवेश पाउनेछन् ।