TodayPati

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा भएको झडपमा एसपीसहित ७ प्रहरी घाइते

टुडेपाटी-
पर्सा, साउन १७ गते ।

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेपछि झडप भएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा शव व्यवस्थापनको सम्बन्धमा स्थानीय र प्रहरीबीच झडप हो ।

शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएपछि संक्रमितको शव व्यवस्थापनका क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए ।

Sponsored

प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जागेर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहित ७ जना घाइते छन् ।

डीएसपी गौतमका अनुसार स्थानीय घाइते भए नभएको खुलेको छैन ।

शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

Sponsored

भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको डीएसपी गौतमले बताए ।

डीएसपी गौतमका अनुसार शव राति नै व्यवस्थापन गरिसकिएको छ ।
गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् ।

बिहीबार वीरगञ्जमा कोभिड–१९को संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *