TodayPati

मुख्यमन्त्री राउतलाई ८ बुँदे ज्ञापन बुझाउँदै नेकपाले भन्यो-प्रदेश सरकार अपारदर्शी र प्रचारमा सिमित

टुडेपाटी-
जनकपरधाम, फागुन ५ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा संसदीय दल प्रदेश २ का सांसद तथा प्रतिपक्षी नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदै ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेश सरकारको २ वर्ष पूरा भए पनि सरकारले विनियोजित बजेट खर्च गर्न नसकेको, विकास खर्च अत्यन्त न्यून भएको, विकास योजनाको रातो किताब प्रकाशन गर्न नसकेकोलगायतका विषय उठाउँदै नेकपाले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको, सरकारले विनियोजन गरेको विकास निर्माण कार्यक्रम सार्वजनिक नगरेको, संघीय सरकारले हस्तान्तरण गरेको जनता आवास कार्यक्रममा ढिलासुस्ती र अपारदर्शी भएको आरोप लगाइएको छ ।

Sponsored

त्यस्तै, प्रदेश सरकारले पालिकालाई दिने सशर्त अनुदानको योजना, सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यले सिफारिस गरेको योजना कार्यान्वयन गर्न माग गरिएको छ । त्यस्तै, सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट किसानका लागि प्रदान गरिने अनुदान कार्यविधि तयार गरी निष्पक्ष र पारदर्शी रुपले वास्तविक किसानलाई वितरण गर्न र किसानको कृषि सिँचाइ, मलखादको व्यवस्था गर्न माग गरिएको छ ।

प्रदेश सरकारले दिने साइकल वितरण, छोरी बीमालगायतका कार्यक्रम पनि एकपक्षीय र पूर्वाग्रही भएको आरोप लगाइएको छ । वनको चोरीनिकासी बढेको, खोलामा अनधिकृत रुपमा नदीजन्य पदार्थको दोहन भएकोले नियमनको माग गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *