TodayPati

बलात्कार आरोप लागेका पूर्वसभामुख महराले पाए सफाइ

टुडेपाटी समाचारदाता-
काठमाडौं, फागुन ५ गते ।

बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । बलात्कारको प्रमाण नभटेपछि सोमबार जिल्ला अदालतले पूर्वसभामुख महरालाई सफाइ दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरप्रसाद पौडेलको एकल इजलासले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको छ । आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए ।

Sponsored

महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बतापछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उजुरी दर्ता भएपछि महरालाई असोज १९ गते पक्राउ गरी जबर्जस्ती करणीको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको थियो । महरालाई गएको कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भएको थियो । अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको र सोही विवरणको निवेदन समेत उनले अदालतमा दिएकी थिइन् । आरोप प्रमाणित नभएपछि जिलला अदालले महरालाई सफाइ दिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *