वीरगञ्जका मेयर सरावगी कोरोना संक्रमित
टुडेपाटी-
जनकपुरधाम, साउन १५ गते ।
बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार साँझ करिब साढे आठ बजे आफ्नो फेसबुक पेज मार्फत आफु कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले जनताको सेवामा अनवरत लाग्दा लाग्दै संक्रमणको चपेटामा परेको बताएका छन् ।
उपचारार्थ रहेका उनको हाल स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी उनको फेसबुक वालको पोष्टमा उल्लेख छ ।
Sponsored
साथै मेयर सरावगीले कोरानालाई छिट्टै जित्ने दृढविश्वास पनि व्यक्त गरेका छन् ।
यस्तै कोरोना संक्रमणको लडाई जितेर पुनः सेवामा आउने प्रतिबद्धता पनि उनले जाहेर गरेका छन् ।
यस्तै मेयर सरावगीले पछिल्लो पटक कोरोना संक्रमणबाट बीरगंज आक्रान्त बनेकोमा भएको सर्वपक्षीय प्रयासलाई धन्यवाद दिदैं अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था नदेखिएकाले संघीय र प्रदेश सरकारलाई तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गरेका छन् ।
साथै, कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न उनले सम्पूर्ण महानगरबसीलाई अपिल गरेका छन् ।\