TodayPati

विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली वीरगञ्जमा पठाइदिन सरकारसँग आग्रह

टुडेपाटी-
वीरगञ्ज, साउन १५ गते ।

पर्सामा लगातार कोरोना संक्रमितहरुको संख्या बढदै गएपछि यहाँका राजनीतिक दल तथा सराकारवालाहरुले विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली वीरगञ्जमा पठाइदिन सरकारसँग आग्रह गरेका छन् ।

बिहीबार जिल्लाका प्रमुख राजनीतिक दल लगायत सरोकारवाला निकायहरुको सर्वपक्षीय बैठकले जिल्लामा कोभिड संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेकोले विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली पठाइदिन संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको हो ।

Sponsored

बैठकले दिनहुँ कोरोना संक्रमितहरु बढ्न थालेसँगै कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर उपचारबाट बन्चित हुनु परेकोले थप कोभिड अस्पतालको आवश्यकता भएकोले नेशनल मेडिकल शिक्षण अस्पताल, वयोधा अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल लगायत निजी अस्पतालहरु मध्येबाट कोभिड अस्पताल बनाउन संघीय सरकारसँग माग गरेको छ ।

यस्तै नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न तथा अस्पताललाई रुटिङ हेल्थ सर्भिस अर्थात जनरल अस्पतालकै रुपमा सुचारु गर्न बैठकले मन्त्रालय समक्ष अनुरोध गरेको छ ।

साथै वीरगञ्जमा विद्युय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *