प्रहरी हेडक्वाटरका थप चारजनामा कोरोना, संक्रमितको संख्या ४४ पुग्यो
टुडेपाटी
काठमाडौँ, साउन १५ गते ।
जनताको प्रत्यक्ष सम्पर्कमा रह्ने सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । पछिल्लो समय काठमाडौँ सहित विभिन्न स्थानका प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ ।
बिहीवार प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।
Sponsored