TodayPati

वीरगञ्जमा बुधबार राति थपिए ५३ संक्रमित, चारजना स्वास्थ्यकर्मी

टुडेपाटी-
वीरगञ्ज, साउन १५ गगते ।

वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाँब परिक्षणमा चार स्वास्थ्यकर्मी सहित ५३ जनाका रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित भेटिएका ५० जना पर्सा र ३ जना बाराका छन् । जस मध्ये दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा नारायणी उपक्षेत्रिय अस्पतालका रहेका छन् । ती स्वास्थ्यकर्मीहरुका ११ जना परिवारका सदस्ययलाई समेत कोरोना संक्रमण भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए । उनीहरु अस्पतालको क्वार्टरमा बस्दै आएका छन् ।

Sponsored

एक साता यता पर्सामा कोरोना संक्रमण भयावह बन्दै गएको छ । संक्रमणको कारण पर्सामा सात जनाको मृत्यु भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *