कोरोनाबाट ज्यान गुमाएकाको शव व्यवस्थापनमा खटेका १० सेनामा देखियो कोरोना
टुडेपाटी-
जनकपुरधाम, साउन १४ गते ।
कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटेका महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका दशै जनालाई उपचारको लागि नेपाली सेनाकै बर्दिवास स्थित किशान गंजको आइसोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले जानकारी दिए ।
महोत्तरीको महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कट्वालले बताए । संक्रमित सबै पहिला देखिनै आइसोलेटेड रहेका थिए ।
चार दिन पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Sponsored
महोत्तरीको कोरोनाबाट मृत्यु भएको शवलाई व्यवस्थापनमा खटेका सेनाहरुमा संक्रमण पुष्टि भएकोले ब्यारेकलाई सिल गरिएको छैन् ।
प्रमुख जिल्ला अधिकारी कटवालले भने, ‘शव व्यवस्थापनमा खटेका सेनाहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु प्हिला देखि नै आइसोलेट भएका थिए । त्यसैले ब्यारेकलाई सिल गरिएको छैन् ।’