TodayPati

धरानमा थप एकजनाको कोरोनाबाट मृत्यु, मृतकको सङ्ख्या ५२ पुगे

टुडेपाटी-

धरान, साउन १४ गते ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को संक्रमणका कारण बुधबार एक पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ५२  पुगेको छ ।

Sponsored

भारतबाट आएको ती पुरुषको प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । विराटनगरबाट गम्भीर अवस्थामा रहेका ती ४० वर्षीय पुरुषलाई दिउँसो कोशी अस्पताल विराटनगरले धरान रेफर गरेको थियो ।

अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार मंगलबार कोशी अस्पतालको फिवर क्लिनिकको जाँचका क्रममा शंकास्पद देखिएका ब्यक्तिमा अक्सिजनको कमी देखिएको थियो ।

डा. सिग्देलका अनुसार भारतबाट आएका ती ब्यक्तिमा कोरोना संक्रमणको शंका गरिएपछि राति नै पीसीआर नमूना परिक्षण गरिएको थियो । अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गर्दै गर्दा ती ब्यक्तिको अवस्था गम्भीर बनेको उनले बताए ।

Sponsored

उपचारका क्रममा उनको शरीरमा ७० प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको उनको भनाई छ । उनलाई कोशी अस्पतालले बुधबार दिउँसो धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

गम्भीर अवस्थामा रहेका ती ब्यक्तिलाई कोभिड १९ उपचार केन्द्रमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार विराटनगरबाट ल्याइएको विरामीको अपरान्ह पौने चारबजे निधन भएको हो ।

यससँगै धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि, प्रदेश २ का दुईजनाको उपचारका क्रममा मृत्यु भएपनि प्रदेश १ बाट मानवीय क्षति भएको यो पहिलोपटक हो ।

यसअघि बुधबार नै वीरगञ्जमा कोरोना संक्रमणका कारण दुई जना बृद्धको ज्यान गुमेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *