TodayPati

प्रदेश २ मा थपिए ६१ जना संक्रमित, ११ जना नेपाली सेना

टुडेपाटी-
जनकपुरधाम, साउन १४ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६१ जनामा कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी पर्सामा ३४ जनामा कोरोना संक्रमण भेटिएको छ ।

यस्तै धनुषामा १२ जना, महोत्तरीमा १३ जना, सप्तरी र सर्लाहीमा १–१ जनामा कोरोन संक्रमण भेटिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

६१ जना संक्रमित मध्ये ११ जना नेपाली सेना रहेको स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले जानकारी दिए । महोत्तरीमा फेला परेका १३ जना मध्ये रणभीमगण प्रकौली ब्यारेकका १० जना नेपाली सेना रहेका छन् । यस्तै पर्साको वीरगञ्जमा फेला परेका मध्ये १ जना नेपाली सेना रहेको जनाइएको छ ।
हालसम्म प्रदेश २ मा कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *