TodayPati

प्रदेश २ : समाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, साउन १४ गते ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

Sponsored

प्रदेशको स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन् ।

उनका अनुसार मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेहरुमा मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगी रहेका छन् ।

सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको बताइएको छ ।

Sponsored

पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको सह– निर्देशक झाको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *